कारोबार रकम सामान्य बढे पनि आज नेप्सेमा दोहोरो अंकको गिरावट

कारोबार रकम सामान्य बढे पनि आज नेप्सेमा दोहोरो अंकको गिरावट


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पाँचौँ दिन आज बिहिबार दोहोरो अंकले घटेको छ । आज नेप्से १८.३० अंकले घटेर २ हजार ३९ दशमलब ५४ विन्दुमा बन्द भएको छ । बुधबार भने नेप्से २.८७ अंकल बढेर २ हजार ५७ दशमलब ८५ विन्दुमा बन्द भएको थियो ।  

त्यस्तै, आज कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । आज नेप्सेमा १ अर्ब ७१ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा १ अर्ब ५२ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।   

आज कारोबार भएका कम्पनीमध्ये १५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६८ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३६४.४० रुपैयाँ पुगेको छ । 

नेप्सेका अनुसार आज मैलुङ खोला जलविद्युत कम्पनीको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावरको  भएको छ । यसको आज ११ करोड २४ लाख भन्दा बढीको कारोबार भएको छ ।