बैंकिङ्ग समाचार, काठमाडौं ।
सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ हजार ७१५ कित्ता संस्थापक शेयर भदौ ९ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता रू. ६५० मूल्य तोकेर भदौ २३ गतेसम्मका लागि उक्त शेयर विक्री खुला गरेको हो ।
यी शेयर खरीद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संस्थासंस्थाहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता शेयर खरीदका लागि भदौ २३ गतेभित्र विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैकिङ लिमिटेड, टेकु काठमाडौंमा आइपुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।
उक्त समयमा प्राप्त बोलपत्रहरु भदौ २४ गते अपरान्ह ४ बजे विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैकिङ लिमिटेड, टेकु काठमाडौंमा खोलिने कम्पनीले जनाएको छ ।



About Us
प्रतिक्रिया