आजबाट काठमाडौंका सपिङ मलहरू खुल्ने

आजबाट काठमाडौंका सपिङ मलहरू खुल्ने


बैकिङ्ग समाचार । 
 व्यवसायीहरूले आजबाट काठमाडौंमा रहेका सपिङ मलहरु खोल्ने भएका छन् । सरकारले सपिङ मलहरू अहिले नै नखुलाउने निर्णय गरे पनि व्यवसायीहरूले भने लामो समय बन्द हुँदा समस्या बढ्दै गएको भन्दै सोमबार देखि खुला गर्ने निर्णय गरेका हो ।

आरबी कम्प्लेक्स व्यापार संघ, पिपुल्स प्लाजा व्यापार संघ, विशालबजार, शिभिल मल, वल्र्ड ट्रेड सेन्टर लगायतका मलहरू आजबाट सञ्चालनमा आएका हुन ।

लकडाउन लम्बिदै जाँदा घरभाडा, बैंकको ब्याजदर तथा राज्यलाई कर समेत तिर्न नसक्ने अवस्था आएकाले व्यवसाय खोल्नुको विकल्प नभएको भन्दै व्यवसायीहरूले मलहरु सञ्चालन गर्न लागेका हुन् ।

सरकारले अन्य पसलहरू सञ्चालन गर्न दिने तर सपिङ मलहरू सञ्चालन गर्न नदिने गरी गरेको निर्णयको विरोध गर्दै व्यवासायी महल सञ्चालन गर्ने भएका हुन । कोरोना भाइरसको संक्रमणबाट बच्न न्यूनतम स्वास्थ्य र सुरक्षाका सावधानी अपनाइ मलहरू खोल्ने निर्णय गरेका हुन् ।

व्यवसायीहरूले व्यवसाय सञ्चालन गर्दा अनिवार्य रूपमा मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने, ज्वरो नाप्ने व्यवस्था मिलाउने बताएका छन् ।