बैंकिङ्ग समाचार, काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नबिल बैंकको न्यूरोड शाखा हटाउन निर्देशन दिएका छन् ।
अवैधानिक रुपमा बनेका संरचना हटाउन बुधबार न्यूरोड गएका मेयर साहले बैंककको कार्यालय बेसमेन्टमा रहेको देखेपछि त्यसलाई हटाउन निर्देशन दिएका हुन् ।
‘न्यूरोडमा अवैधानिक रुमपा बनेका संरचना हटाउने र निरीक्षण गर्ने क्रममा नक्सापास विपरीत बेसमेन्टमा बैंकको कार्यालय रहेको देखेपछि बुधबारबाटै कार्यालय हटाउन निर्देशन दिनुभएको छ’ उनका स्वकीय सचिव भुपदेव शाहले बताए ।



About Us
प्रतिक्रिया