आजदेखि बैंकका सबै शाखा खुल्ने, भीडभाड हुने ठाउँमा मात्र ‘डबल सिफ्ट ’

आजदेखि बैंकका सबै शाखा खुल्ने, भीडभाड हुने ठाउँमा मात्र ‘डबल सिफ्ट ’


बैकिङ्ग समाचार । 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आजदेखि साबिककै समयमा कार्यालय संचालन गर्न निर्देशन दिएको छ ।

साथै राष्ट्र बैंकले बढी भीडभाड हुने शाखामाहरुमा मात्र सिफ्ट वाइज बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म बैंक खोल्न निर्देशन दिएको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्र बैंकले साबिकको कार्यालय समयबमोजिम सञ्चालन गर्न आइतवार सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो ।

केन्द्रीय बैंकले सेवाग्राहीको भिडभाड नहुने र दुरी कायम हुनेगरी लामबद्ध हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ भने विद्युतिय माध्यमबाट हुने कारोबारलाई थप प्रोत्साहन गर्न भनेको छ।

त्यस्तै बैंकमा प्रत्यक्ष रुपमा सेवाग्राहीसँग सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षाको न्युनतम उपायहरु अबलम्बन गर्न निर्देशन दिएको छ।

कोरोना महामारीको अवस्थामा बैकिङ्ग सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने कर्मचारी र सेवाग्राहि सबैको स्वास्थ्य सुरक्षाका न्यूनतम उपाय अनिवार्य रुपमा सजग हुन राष्ट्र बैंकले ध्यानाकर्षण गरेको छ ।

यसअनुसार थप सजग भएर कार्यालयमा स्यानिटाइजर, मास्क, पञ्जालगायतको व्यवस्था मिलाउन भनेको छ । यद्यपी बैंक तथा वित्तिय संस्थाहरुले सावधानी अपनाइरहेको बताउँदै आएका छन् ।