तिब्र उतारचढावका बिच आज नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम पनि सामान्य बढ्यो

तिब्र उतारचढावका बिच आज नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम पनि सामान्य बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार सामान्य अंकले बढेको छ । कारोबारको सुरुवातदेखि नै तिव्र उत्तारचढाव देखिएको नेप्से अन्तत: झिनो अंकले बढेर बन्द भएको हो । 

आज नेप्से २.८७ अंकले घटेर २ हजार ५७ दशमलब ८५ विन्दुमा बन्द भएको छ । मंगलबार नेप्से १.८१ अंकले बढेर २ हजार ५४ दशमलब ९५ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा १ अर्ब ५२ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा १ अर्ब ३३ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये १०१ वटा कम्पनीको शेयरमूल्य बढेको छ, ७३ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र मन्दाकीनी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको हो ।  

नेप्सेका अनुसार आज सिद्धार्थ इक्युटी फण्ड शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण काबेली पावर कम्पनीको  भएको छ । यसको आज १६ करोड ९२ लाख भन्दा बढीको कारोबार भएको छ ।