सूर्योदय वोमी लघुवित्तको ६२ हजार बढी कित्ता संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले समेत खरीद गर्न पाउने

सूर्योदय वोमी लघुवित्तको ६२ हजार बढी कित्ता संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले समेत खरीद गर्न पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
सूर्योदय वोमी लघुवित्तको ६२ हजार ९८७ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री खुला गर्दा वितरण हुन नसकेको उक्त शेयर सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी विक्री खुला गरेको हो । 

यो शेयर खरीदका लागि आगामी ३५ दिनभित्र कम्पनको केन्द्रिय कार्यालय बनेपा–१३, साँगा, काभ्रेपलान्चोकमा पुग्ने गरी आवेदन पेश गर्नुपर्नेछ । कम्पनीले शेयरको न्यूनतम मूल्य भने संस्थापक शेयरधनीले तोके बमोजिम हुने जानकारी दिएको छ ।