बैंकिङ्ग समाचार, काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लि.ले हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीजको पावन अवसरमा “मुक्तिनाथ तीज विशेष अफर” योजना ल्याएकोे छ ।
यो योजना अन्तर्गत भदौ २०७९ भित्र मुक्तिनाथ विकास बैंकमा “मुक्तिनाथ महिला पेवा बचत खाता” खोल्ने नारीहरुले रु. १ लाख सम्मको चिकित्सा सम्बन्धी बीमा (Medical Insurance), निशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (पहिलो वर्षको लागि), निशूल्क मोबाइल बैंकिङ्ग (पहिलो वर्षको लागि) र Tranquility Spa को विभिन्न सेवामा ५० प्रतिशतसम्म छुट (भदौ २०७९ महिनाका लागि) पाउने छन् ।
यस योजनामा शर्तहरु लागु हुनेभएकाले यस योजनाका बारे थप जानकारीका लगि बैंकको नजिकैको शाखामा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । यो योजनाले नारीहरुको सम्मान गर्दै नारीहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।



About Us
प्रतिक्रिया