बैंकिङ्ग समाचार, काठमाडौं ।
धौलागिरी लघुवित्त वित्तीय संस्थाको आइपीओ आज भदौ ८ गते, बुधबार बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा आज बाँडफाँड भएको हो ।
लघुवित्तले साउन २४ गतेदेखि साउन २९ गतेसम्म सर्बसाधारणलाई आइपीओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्बसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । जस मध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको थियो । बाँकी ३ लाख ९ हजार २९५ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो ।
क्यापिटलका अनुसार आइपीओमा कुल १८ लाख ६५ हजार ९ सय २६ जना आवेदकबाट २ करोड ४ लाख ७५ हजार ९ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये १२ सय ८६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार योग्य रहेका १८ लाख ६४ हजार ६ सय ४० जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट कुल ३० हजार ९ सय २९ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।
यीमध्ये ५ जना आवेदकले ११ कित्ता शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १८ लाख ६४ हजार १ सय ८३ जना आवेदक हात खाली भएका छन् ।
प्रतिक्रिया