बैंकिङ्ग समाचार, काठमाडौं ।
श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका रू. ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्न लागेको हो । कम्पनीले जारी पूँजी रू. १० करोड ९३ लाख ७५ हजारको ३६ प्रतिशत आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो ।
सर्वसाधारणमा वितरण हुने कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओमध्ये जारी पूँजीको शून्य दशमलव ५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । यी बाहेक बाँकी ३ लाख ६८ हजार ५९० कित्ता शेयर भने सार्वजनिक निष्कासन मार्फत विक्री गर्न लागिएको हो ।
यो आइपीओ छिटोमा भदौ १९ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमो ढिलोमा भदौ २९ गतेसम्म विक्री अवधि लम्बिनेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका उल्लेखित कित्ता आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत समेत आवेदन दिन सक्ने व्यवस्था छ ।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ । सर्वसाधारणमा आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी रू. १० करोड ९२ लाख ७५ हजार कायम हुनेछ ।
प्रतिक्रिया