बैकिङ्ग समाचार ।
तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस वितरण गरेर ३० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने प्रस्ताव गरेको छ ।
बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्तावहरु पारित गर्न असार २५ गते विहीबार सिद्धार्थ कटेज रुपन्देहीमा १३ औं बार्षिक साधारण सभा राखेको छ।
हाल १ अर्ब १४ करोड ४१ लाख ६८ हजार १२५ दशमलव ७६ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको १२ प्रतिशत (१३ करोड ७३ लाख १७५ दशमलव ०९ रुपैयाँ) बोनस वितरण पश्चात १ अर्ब २८ करोड १४ लाख ६८ हजार ३०० रुपैयाँ पुग्नेछ ।
त्यसपश्चात बैंकले ३० प्रतिशत हकप्रद बिक्री गर्ने योजना अघि सारेको छ। यस्तैसंस्थापक शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने चारजना र सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने दुईजना संचालक निर्वाचन गर्ने एजेन्डा पनि राखेको छ।
त्यस्तै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग आपसमा गाभ्ने र गाभिने सम्बन्धमा समझदारीपत्र तयार गरी हस्ताक्ष गर्नेलगायतका सम्पूर्ण कार्यको जिम्मेवगारी पनि सञ्चालक समितिलाई नै प्रदान गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
तिनाउ मिसन डेभलपमेण्ट बैंकले नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकलाई प्राप्ती गरी २०७६ मंसिर २२ गते देखी एकिकृत कारोवारको शुभारम्भ गरेको थियो। राष्ट्रिय स्तरको विकास बैंक बन्ने तयारीमा रहेको यस विकास बैंकले तोकिएको चुक्ता पुँजी पुर्याउनलाई हकप्रद शेयर जारी गर्ने वा आवश्यक परेमा अन्य वित्तीय संस्थासंग मर्जर वा प्राप्तीको विकल्प खुला राखेको छ।






About Us
प्रतिक्रिया