सनराइज बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच सम्झौता, लघुवित्त तथा विपन्न वर्ग कर्जा जोखिम न्यूनिकरण हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
सनराइज बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष, काठमाडौंबिच लघुवित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडांैको कार्यालयमा आयोजित एक कार्यक्रममा दुई संस्थाबीच कर्जा सुरक्षण नियमावली, २०७५ (नेपाल राजपत्रमा प्रकाशित मिति २०७७/०६/२६, दोस्रो संसोधन) को अधिनमा रही सम्झैता भएको छ ।

सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार सनराइज बैंकले लघुवित्त तथा विपन्न वर्ग कर्जा अन्तर्गत बिना धितो सामूहिक जमानीमा लगानी गर्ने प्रति व्यक्ति रु. १० लाखसम्म, शैक्षिक प्रमाणपत्र धितो जमानीमा लगानी गर्ने प्रति व्यक्ति रु. ७ लाखसम्म, धितो जमानीमा लगानी गर्ने प्रति व्यक्ति रु. २० लाखसम्म, वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितो अन्तर्गत लगानी गर्ने प्रति व्यक्ति रु. १० लाखसम्म र कोषको पूर्व सहमति लिई महिलाद्वारा सञ्चालित लघु उद्यम परियोजना अन्तर्गत परियोजना धितो राखी वा व्यक्तिगत वा सामुहिक जमानीमा लगानी गर्ने रु. १५ लाखसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ । 

यस सम्झौता पश्चात् निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत लघुवित्त तथा विपन्न वर्ग कर्जा तथा कोषले तोकेको व्यवसाय क्षेत्रमा सनराइज बैंकले लगानी गरिएका कर्जाको जोखिम न्यूनिकरण हुने जनाएको छ ।