यामाहाका मोटरसाइकल खरिदमा १० हजार नगद छुट, डाउनपेमेन्ट तिर्नै नपर्ने 

यामाहाका मोटरसाइकल खरिदमा १० हजार नगद छुट, डाउनपेमेन्ट तिर्नै नपर्ने 


बैंकिङ्ग समाचार । 
यामाहाको नेपालका लागि आधिकारिक वितरक एएडब्ल्यू इन्टरप्राइजेजले विशेष अफर सार्वजनिक गरेको हो ।

कम्पनीले असहज परिस्थितिमा सहज समाधान नाराका साथ मोटरसाइकलमा तथा स्कुटर खरिदमा तीन प्रकारका छुट योजना ल्याएको छ ।

कम्पनीले शुन्य प्रतिशत ब्याजदर, शुन्य डाउनपेमेन्टमा नै नगद र १० हजार डिस्काउन्ट दिने योजना अघि सारेको हो। जसमध्ये ग्राहकले कुनै एक योजना छनौट गर्न पाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार शुन्य प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल किन्नेले ३ वर्ष भित्र रकम तिरिसक्नु पर्ने छ भने शुन्य प्रतिशत ब्याजदरमा उपलब्ध हुने मोटरसाइकल तथा स्कुटरको मूल्य एकवर्ष भित्र भुक्तानी गर्नुपर्नेछ ।

यस्तै, कम्पनीले नगद छुट अन्तर्गत पुरा रकम बुझाएर बाइक वा स्कुटर किन्न चाहेमा नगद १० हजार रुपैयाँ छुट गर्ने जनाएको छ ।