कारोबारको दोस्रो दिन नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम पनि उल्लेख्य घट्यो

कारोबारको दोस्रो दिन नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम पनि उल्लेख्य घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार पनि सामान्य अंकको गिरावटसँगै बन्द भएको छ । आज नेप्से ७.३८ अंकले घटेर २ हजार ६० दशमलब ५५ विन्दुमा बन्द भएको छ । आइतबार नेप्से ७.७२ अंकले घटेर २ हजार ६० दशमलब ५५ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा कारोबार रकम पनि उल्लेख्य घट्यो । आज नेप्सेमा २ अर्ब ७२ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा २ अर्ब ४७ करोड ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये ४७ वटा कम्पनीको शेयरमूल्य बढेको छ, १२४ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने १६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र मन्दाकीनी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको हो ।

नेप्सेका अनुसार आज एनआइबीएल समृद्धि फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । यसको आज २८ करोड १८ लाख भन्दा बढीको कारोबार भएको छ ।