बरुण हाइड्रोको शतप्रतिशत हकप्रद शेयरको आजदेखि निष्कासन तथा बिक्री खुल्ला

बरुण हाइड्रोको शतप्रतिशत हकप्रद शेयरको आजदेखि निष्कासन तथा बिक्री खुल्ला


बैंकिङ्ग समाचार, काठमाडौं ।
बरुण हाइड्रो पावर कम्पनी लिमिटेडले भदौ ६ गते (आज) शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी रू. २६ करोड ७९ लाख ७ हजार ५ सयको आधारमा १ः१ को अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्काशन गरेको हो । लगानीकर्ताले यस हकप्रदमा भदौ २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।  

कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि साउन २ गते एक दिन बुक क्लोज गरेकाले साउन १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् । हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले पुरा गर्नेछ ।

लगानीकर्ताले हकप्रदमा आरबिबि मर्चेन्ट बैंकिङ्ग र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन पाइनेछ ।