मोबाइल र इनटरनेटबाटै बैंकिङ्ग कारोबार, बैंक धाउनै पर्दैन

मोबाइल र इनटरनेटबाटै बैंकिङ्ग कारोबार, बैंक धाउनै पर्दैन


बैंकिङ्ग समाचार । 
जमना बद्लिएको छ । समयले हामीलाई विस्तारै प्रविधितर्फ धकेलिरहेको छ । प्रविधिको प्रयोग एवम् विकासले ठूलो चमत्कार नै ल्याएको छ । आजभोलि घरमै बसी–बसी सम्पूर्ण कारोबार गर्न सकिन्छ । इन्टरनेट बैंकिङ्ग र मोवाइल बैंकिङ्ग मार्फत विभिन्न ठाउँमा भुक्तानी, किनमेल गर्न सम्भव भएको छ । आफ्नो खातामा भएको पैसा हेर्न बैंक सम्म पुग्नै पर्दैन । घरमै बस–बसी हेर्न सकिन्छ । कसैलाई तत्कालै पैसा पठाउन पर्यो ? कुनै चिन्ता छैन, मोबाइलबाटै तत्कालै, छिनभरमै पैसा पठाउन सकिन्छ । यसले खर्च र समयको बचत हुन्छ । पछिल्लो समय  बैंकहरुले शेयर कारोबार, बीमा सेवा तथा लगानीका विभिन्न क्षेत्र र बजारका अन्य सुविधाहरु पनि बैंकबाटै लिन सकिने आधुनिक प्रविधिहरु भित्र्याएका छन् । यो अत्यान्तै पारदर्शी पनि छ । साना–साना पेटी करप्सन, लुटपाट र ठगीहरुलाई प्रविधिको प्रयोगबाट नियन्त्रण गर्न सकिन्छ । बैंकमा खाता खोल्न, रकम जम्मा गर्न र भुक्तानी गर्न आधुनिक प्रविधिका कारण सहज बनेको छ ।लामो समयसम्म लाइन बस्नुपर्ने बाध्यता पनि हटेको छ ।

बैंकहरुले संचालनमा ल्याएका सुविधाहरु

ब्यालेन्स हेर्ने

खातामा पाएको ब्याज छुट्टै हेर्ने

– स्टेटमेन्ट हेर्ने र प्रीन्ट गर्ने

नयाँ चेक बुकको अडर गर्ने

हराएको चेक रोक्काको अनुरोध गर्ने

बील भुक्तानी गर्ने 

आफ्नो खाताबाट अर्को खातामा पैसा पठाउन सकिने 

शाखालाई ग्राहकको सन्देश दिने

इन्टरनेट बैंकिङ्ग कसरी लिने ?

बैंकमा खाता खोल्दा भरिने फर्ममा इन्टरनेट बैंकिङ्ग सम्बन्धी सेवा लिन माग गर्नुपर्छ । त्यसपछि बैंकलाई उपलब्ध गराएको इमेल ठेगाना अथवा मोबाइल नम्बरबाट इन्टरनेट बैंकिङ्ग खोलिएको सूचना थाहा पाइन्छ । इमेलमा युजर नेम, पासवर्ड तथा सञ्चालन सम्बन्धी अन्य प्रक्रियाहरुका बारेमा सूचना पाउन सकिन्छ । सोही अनुसार इन्टरनेट बैंकिङ्गको प्रयोग गर्न सकिन्छ । 

इन्टरनेट बैंकिङ्ग लिएपछि जान्नै पर्ने कुराहरु  
 
इन्टरनेट बैंकिङ्गको लिंकमा क्लिक गरेर पेज लग इन गर्ने र इमेल मार्फत प्राप्त गरेको युजरनेम र पासवर्ड प्रविष्टि गर्ने । यसमा फेरि पहिलो पटक प्रयोग गर्दा  एप्लिकेसनले पासवर्ड परिवर्तन गर्न माग गर्छ । यसरी नयाँ पासवर्ड राख्दा बैंकको पासवर्ड पोलिसी  अनुसार हुनुपर्दछ । धेरै पटकसम्म युजरले गलत पासवर्ड राखेमा युजरको खाता स्वतः लक हुन्छ । नयाँ पासवर्ड राखेपछि फेरी लग इन गरी इन्टरनेट बैंकिङ्गको प्रयोग गर्न सकिन्छ । 

प्रयोगकर्ताहरुले ध्यान दिनुपर्ने कुराहरु

आफ्नो युजर नेम र पासवर्ड अरु कसैलाई नभन्ने ।

सम्भव भएसम्म निजी कम्प्युटरबाट मात्र ई–बैंक सेवा उपभोग गर्ने ।

साइबर अथवा अन्य सार्वजनिक स्थानहरुको कम्प्युटरबाट सेवा उपभोग गर्दा पासवर्ड चोरी हुन सक्ने सम्भावना बढी भएकोले आफ्नो कार्य सकिएपछि लग आउट गर्ने ।