बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंकले हरितालिका तीज २०७९ को अवसरमा नारीलाई लक्षित गरेर “नारी सम्मान अभियान” कार्यक्रम सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत भाद्र महिनामा महालक्ष्मी विकास बैंकको गृहलक्ष्मी बचत खाता खोल्ने नारीलाई सम्मान स्वरुप नि:शुल्क एटिएम कार्ड तथा मोवाइल बैंकिङ्गका साथसाथै लकर सेवामा ५० प्रतिशत छुट प्रदान गरिने कुरा बैंकले जनाएको छ ।
विगत देखि नै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले नारीहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै नारी सम्मान अभियान ल्याएको हो । देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।



About Us
प्रतिक्रिया