बैंकिङ्ग समाचार, काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको मिति २०७९ भाद्र ५ गते वसेको संचालक समितिको २९८औं वैठकले यस बैंकमा कार्यरत प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठलाई मिति २०७९/०५/१९ देखि लागु हुने गरी ४ वर्षका लागि पुनः सिईओमा नियुक्ती गरेको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।



About Us
प्रतिक्रिया