कुमारी बैंकले सेबोनबाट पायो ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने अनुमति

कुमारी बैंकले सेबोनबाट पायो ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने अनुमति


बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । कम्पनीले रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न भदौ १ गते सेबोनबाट अनुमति पाएको हो । 

कुल ३० लाख कित्ता ऋणपत्र मध्ये बैंकले १२ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको १८ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ । सो ऋणपत्र निष्कासन गर्नका लागि विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले आगामी १० वर्ष सम्मका लागि वार्षिक ११ प्रतिशत ब्याजदरमा 'केबिएल डिबेञ्चर २०८९' नामक ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो ।