एभरेष्ट बैंकद्वारा रुकुमको विद्यालयलाई आर्थिक सहयोग प्रदान


बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत मुसिकोट सेरिगाऊँ रुकुमको श्री यमुनानन्द नमुना माध्यामिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले एक कार्यक्रमका बिच मुसिकोट सेरिगाऊँ रुकुमको  विद्यालयलाई बेन्च र डेस्कको व्यवस्थापनको लागि ४ लाख ७९ हजार ९१० रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

सो कार्यक्रममा एभरेष्ट बैंकका सीएसआर कमिटीका तर्फबाट सदस्य डा. गणेश राज गुरुङ्गले विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष महेन्द्र राज गौतमलाई चेक हस्तान्तरण गरे । यस बाट विद्यालयको समष्टिगत विकासमा टेवा पुग्ने बैंकलेजनाएको छ । सो कार्यक्रममा बैंकका बजार विभाग प्रमुख पुष्प राज उप्रेतीको समेत उपस्थिति रहेको थियो । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ ।

बैंकले करिब १२ लाख ग्राहकहरुलाई देशैभरि छरिएर रहेको आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५२ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।