नेपाल बैंकबाट प्रहरीलाई ज्याकेट

नेपाल बैंकबाट प्रहरीलाई ज्याकेट


बैकिङ्ग समाचार ।
नेपाल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय प्रहरी वृत्त गौशालालाई ६० थान फ्लोरेसेन्ट ज्याकेट प्रदान गरेको छ ।

नेपाल बैंक लिमिटेड वाग्मती प्रदेशका प्रदेश प्रमुख सुन्दर पन्थीसहितको उपस्थितिमा प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतलाई आज सो सामग्री हस्तान्तरण गरिएको हो ।

प्रदेश प्रमुख पन्थीले आम जनताको सुरक्षार्थ अहोरात्र खटिरहेको र प्रहरी हाम्रो साथी भएको कुरा सो वृत्तले प्रस्तुत गरेको बताए । प्रहरी नायब उपरीक्षक बस्नेतले रात्रिकालीन समयमा प्रहरी जवान मैदानमा खटिनुपर्ने र फ्लोरोसेन्ट ज्याकेटको अभावमा प्रहरी जवानको दुर्घटना भई मृत्युसमेत भएको हुँदा सो सहयोगले उत्साह मिल्ने बताए ।

बैंकले नेपाल सरकारको कोरोना रोकथाम तथा उपचार कोषमा पनि रकम प्रदान गरिसकेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जनाए ।