आइसिएफसि फाइनान्सका सिइओमा पुनः सुनिल पन्त नियुक्त

आइसिएफसि फाइनान्सका सिइओमा पुनः सुनिल पन्त नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
आइसिएफसि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुन: सुनिल पन्त नियुक्त भएका छन् । 

पन्तको कार्यकाल यहि २०७९ असोज २४ गतेबाट सकिदै छ । भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले असोज २५ गतेदेखि लागु हुने गरी पन्तको दोस्रो कार्यकाल थप गरेको हो ।

विगत ३० वर्ष देखि बैंकिङ क्षेत्रमा सकृय रहेका कुशल नेतृत्वकर्ता, सफल बैकरका रुपमा आफ्नो परिचय स्थापित गर्न सफल भएका छन् । पन्तले फाइनान्सको स्थापनाकालदेखि नै विभिन्न पदमा रहेर कार्यसम्पादन गर्दै आएका छन् ।
\"\"