बैंकिङ्ग समाचार, काठमाडौं ।
साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले भदौ ५ गते (आज) देखि आयोजना प्रभावित स्थानीयमा आईपीओ जारी गरेको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ३६ लाख ५० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा जारी गरेको हो ।
आईपीओ खरीदका लागि रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ चिलिमे, आयोजनाले निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोजुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर १, २, ३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरूले आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित स्थानीयहरूले यो आईपीओ खरीदका लागि छिटोमा भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा असोज ४ गतेसम्म विक्री खुला हुनेछ ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । नागरिक लगानीकोष विक्री प्रबन्धक रहेको यो आईपीओ खरीदका लागि सनराइज क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल, साञ्जेन जलविद्युत कम्पनीको केन्द्रिय कार्यालयसँगै नेपाल धितोपत्र बोर्डबाट आस्बा सेवाको अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थासँगै तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।
जनताको जलविद्युत कार्यक्रम अन्तर्गतका संगठित संस्थाहरूले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ्ग नियमावलीमा भएको व्यवस्था बमेजिम क्रेडिट रेटिङ्ग गर्न नपर्ने गरी कम्पनीलाई छुट प्राप्त भएको छ ।
प्रतिक्रिया