स्मार्टच्वाइस टेक्नोलोजिज र आइसीएफसी फाईनान्स लिमिटेडबीच क्यूआर प्रयोग सम्बन्धी सम्झौता

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
आइसीएफसी फाईनान्स लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड एससिटी (SCT) बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर (Smart QR) प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ ।

सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात आइ सी एफ सी फाईनान्स लिमिटेडका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप (ICFC Finance Smart) प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यूआर (Smart QR) मार्फत गर्न सक्ने जनाएको छ ।

उक्त सम्झौतापत्रमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका छन् ।