सिद्धार्थ बैंकको मोबाईल एप अपग्रेड, ठगी नियन्त्रण गर्ने विश्वास


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ बैंकले आफ्नो मोबाईल बैंकिङ्ग एपलाई सिदार्थ बैंक स्मार्ट एक्स्पीमा स्तरोन्नती (अपग्रेड) गरेको छ । यसबाट एपमा हुने ठगी (धोकाधडी) नियन्त्रण गर्नुका साथै सर्बमाध्यम एवं बहुच्यानल मार्फत सहजै प्रयोग गर्न सकिनेछ ।   

बैंकका अनुसार एफवान सफ्ट इन्टरनेशनलले प्रवद्र्धन गरेको नयाँ एप्लिकेशन बैंक एक्स्पी आर्किटेक्चरमा आधारित छ, जसले प्रयोगकर्ताको कार्यक्षमताको दायरालाई अझ फराकिलो बनाउनेछ ।  सिदार्थ बैंक स्मार्टएक्सपी डिजिटल बैकिङ्गमा सर्वव्यापी दृष्टिकोणमा आधारित छ ।

यसले ग्राहकलाई उनीहरुको मोबाईल र वेब उपकरणबाट एप्लिकेशन प्रयोग गर्नका लागि उही एउटै पासवर्ड प्रयोग गर्न सकिनेछ । नयाँ एप्लिकेशनमा बिल भुक्तानी, चेक बुक अनुरोध, सेल्फ पासवर्ड/पिन रिसेट, इ-एपोइन्टमेन्ट, उपकरणहरुबीचको अन्तरसञ्चालन लगायतका थुप्रै सुविधा उपलब्ध रहेको बैंकले उल्लेख गरेको छ ।  

सिद्धार्थ बैंक स्मार्ट एक्सपीले ठगी नियन्त्रणमा नविनतम संयन्त्रलाई पनि प्रयोग गरिरहेको बैंकले जनाएको छ । बैंकका अनुसार एप प्रयोगकर्ताले लग इन गर्न खोजेको सिम नम्बर स्वःत प्रमाणित गर्ने क्षमता छ, र प्रयोगकर्ताको खातामा दर्ता भएको सिम त्यहि नम्बर हो भनी प्रमाणित नभएसम्म प्रयोगकर्तालाई एप प्रयोग गर्न अनुमति दिँदैन । 

 “ग्राहकहरु मोबाईल बैंकिङ्ग प्रयोग गर्न हिचकिचाइरहेका छन्, किनभने अन्य व्यक्तिले उनीहरुको खातामा पहुँच पुर्याउन सक्ने संभावना छ । अटो–भेरिफिकेशनको प्रयोग गरेर ठगी नियन्त्रणमा हाम्रो पछिल्लो प्रयासले ठगीलाई न्यूनिकरण गरिनेछ र प्रमाणित ग्राहकहरुले मात्र मोबाईल बैंकिङ्ग मार्फत आफ्नो खातामा पहुँच प्राप्त गर्नेछन्” सिद्धार्थ बैंकका एक प्रतिनिधिले भने । “सिदार्थ बैंकले डिजिटल बैंकिङ्गलाई सधै प्रवद्र्धन गर्दै आएको छ । हामी डिजिटल भविष्यको बाटो हो भन्ने विश्वास गछौँ र हाम्रो अनुप्रयोगको नविनतम संस्करणको सुरुवातसँगै प्रयोगकर्ताहरुले एपबाटै सिधै विभिन्न प्रकारका बैंकिङ्ग सेवाहरु प्राप्त गर्न सक्नेछन् ।"

सिद्धार्थ बैंक स्मार्ट एक्सपी प्ले स्टोर र एप स्टोर दुबैबाट डाउनलोड गर्न सकिन्छ ।