नेप्सेमा झिनो अंकको गिरावट, ६ कम्पनीको शेयरमूल्य सर्किट लेभलमा वृद्धि

नेप्सेमा झिनो अंकको गिरावट, ६ कम्पनीको शेयरमूल्य सर्किट लेभलमा वृद्धि


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार झिनो अंकले घटेको छ । आज नेप्से ०.३६ अंकले घटेर २ हजार ४० दशमलब ७० विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा १ अर्ब ४० करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये १०२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ६९ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने १४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज स्वेतगंगा हाइड्रोपावर कम्पनी, मन्दाकीनी हाइड्रोपावर कम्पनी, अप्पर सोलु हाइड्रो, अप्पर हेवाखोला, सपोर्ट लघुवित्त वित्तीय संस्था र दोर्दीखोला जलविद्युत कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । 

नेप्सेका अनुसार आज सामलिङ पावर कम्पनी र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ । यसको आज १८ करोड ३१ लाख भन्दा बढीको कारोबार भएको छ ।