बैंकिङ्ग समाचार, काठमाडौं ।
यस गरिमा क्यापिटल लिमिटेडको २०७९ साल श्रावण २९ गते बसेको संचालक समितिको ५२ औं बैठकको निर्णयानुसार निर्मल भट्टराई मिति २०७९ साल भाद्र १ गते देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत (Chief Executive Officer-CEO) पदमा नियुक्त भएका छन् ।
निर्मल भट्टराईले भारतबाट चाटर्ड एकाउन्टेन्सी (सीए) उत्तिर्ण गरेका छन् । उनी यसै संस्थाको स्थापनाकाल देखि नै विभिन्न ओहदामा रहेर कार्यसम्पादन गर्दै आएकोमा हाल संस्थाको प्रमुख कार्यकारी अधिकृत (Chief Executive Officer-CEO) जस्तो गरिमामय पदमा नियुक्त हुन सफल भएका छन् ।
यस अघि उनले गरिमा क्यापिटल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यभार सम्हाल्दै आएका थिए ।



About Us
प्रतिक्रिया