बैंकिङ्ग समाचार, काठमाडौं ।
यस गरिमा क्यापिटल लिमिटेड (साविक के.सी.एल.अस्ट्यूट क्यापिटल लिमिटेड) को कार्यालय साविक काठमाडौँ महानगरपालिका वडा नं. १, हात्तिसारबाट सोही काठमाडौँ महानगरपालिका वडा नं १., कमलपोखरी स्थित (सिटी सेन्टरको अगाडी–विपरित दिशा) भवनको दोस्रो तल्लामा स्थानान्तरण भएको छ ।
क्यापिटलले एक सुचना जारी गरेर मिति २०७९ साल श्रावण महिना ३० गते सोमबारबाट कम्पनीको कार्यलय सो स्थानमा स्थानान्तरण भई सेवा संचालन गरिएको व्यहोरा सम्पूर्ण ग्राहकवर्ग, शेयरधनी तथा सरोकारवालाहरु समक्ष जानकारी गराएको छ ।
कार्यालय स्थानान्तरण भए पश्चातकोः
सम्पर्क नंः ०१–४५२९१४९/५०
ठेगानाः काठमाडौँ म.न.पा. वडा नं. १, कमलपोखरी, काठमाडौँ ।
(सिटी सेन्टरको अगाडी – विपरित दिशा – दोस्रो तल्ला)
ईमेलः [email protected]
वेबसाइटः https://www.garimacapital.com
गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा (Portfolio Management Services – PMS) तथा निक्षेप सदस्य (Depository Participant – डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएको छ ।
कम्पनीले अब निकट भविष्यमा नै आवश्यक अनुमतिपत्र प्राप्त गरी मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सम्पूर्ण सेवाहरु (जस्तैः निष्काशन तथा बिक्री प्रबन्ध (Issue Management), धितोपत्र प्रत्याभूति (Securities Underwriting), शेयर रजिष्ट्रेशन (Share Registration), संस्थागत परामर्श (Corporate Advisory), सामूहिक लगानी कोष (Mutual Fund), प्राइभेट इक्वीटी फण्ड (Private Equity Fund), भेन्चर क्यापिटल फण्ड (Venture Capital Fund), हेज फण्ड (Hedge Fund) लगायत अन्य फण्डहरुको व्यवस्थापन सम्बन्धी सेवाहरु) प्रदान गर्नेछ ।
गरिमा क्यापिटल लिमिटेडका सेवाहरु ग्राहक समक्ष पुर्याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुँदै आएको छ । यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्नेछ ।



About Us
प्रतिक्रिया