सिद्धार्थ बैंक र मोको डिजिटल वालेटबीच सम्झौता, भौतिक कार्ड नभए पनि मोको मार्फत भुक्तानी गर्न सक्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरूलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुविधा प्रदान गर्ने उद्देश्यले फोकसवान पेमेन्ट सोलुसन्सको मोको डिजिटल वालेटसँग भिसा डेबिट र क्रेडिट कार्डमा आधारित भुक्तानी सेवाको लागि सहकार्य गरेको छ ।

बैंकका ग्राहकहरुले मोको डिजिटल वालेटमार्फत नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टमको सहकार्यमा आफ्नो डेबिट र क्रेडिट कार्ड सहज रुपमा लोड गरी मोबाइल टपअप, इन्टरनेट, विद्युत तथा खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् । यसका अतिरिक्त, ग्राहकहरुले मोकोको एप मार्फत भिसा, युपिआइ, अलिपे, नेपाल पे, खल्ती, आइएमई पे, प्रभु पे, क्युआर पे जस्ता विभिन्न क्युआर स्क्यान गरी वस्तु तथा सेवा खरिद बापतको बिल भुक्तानी सजिलै गर्न सक्नेछन् ।

ग्राहकवर्गहरुले आफ्नो डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लोड गरे पश्चात् भौतिक कार्ड साथमा नभए पनि मोको एप मार्फत विद्युतीय भुक्तानी गर्न सक्नेछन् । यसले गर्दा ग्राहकहरुको विद्युतीय भुक्तानी सेवा अझ छिटो र सहज हुने विश्वास बैंकले लिएको छ ।