हिजो उच्च अंकको वृद्धि भएको नेप्सेमा आज फेरि दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

हिजो उच्च अंकको वृद्धि भएको नेप्सेमा आज फेरि दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
हिजो भारी अंकले बढेको बजार आज फेरि घटेको छ । नेप्से साताको कारोबारको तेस्रो दिन मंगलबार दोहोरो अंकले घटेको हो । आज नेप्से २४.८३ अंकले घटेर २ हजार ४१ दशमलब ०६ विन्दुमा बन्द भएको छ । सोमबार नेप्से ५५.८८ अंकले बढेर २ हजार ६५ दशमलब ८९ विन्दुमा बन्द भएको थियो । 

त्यस्तै, आज कारोबार रकममा भने वृद्धि भएको छ । आज नेप्सेमा २ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार २ अर्ब ४३ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज कारोबार भएका कम्पनीमध्ये १२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज अप्पर हेवाखोलाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १८७.२० रुपैयाँमा पुगेको छ । 

नेप्सेका अनुसार आज युनिलिभर नेपाल, दोर्दीखोला जलविद्युत कम्पनी, पञ्चकन्यामाई हाइड्रो, जोशी हाइड्रो डेभलपमेन्ट, आइएमई जनरल इन्स्योरेन्स र हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ । यसको आज ४० करोड ८२ लाख भन्दा बढीको कारोबार भएको छ ।