गुँरास लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

गुँरास लाइफ इन्स्योरेन्सको लाभांश घोषणा


बैंकिङ्ग समाचार, काठमाडौं ।
गुँरास लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ७.४४२४८५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३९१७१ प्रतिशत नगद लाभंश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।

\"\"