बैंकिङ्ग समाचार, काठमाडौं ।
समृद्धि फाइनान्सले हेटौडा, महाराजगंज र बुटवलमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले हेटौडा उ.म.न.पा.वडा न.१ मा रहेको श्री अमर माध्यमिक विद्यालय, काठमाडौँको महाराजगंजमा रहेको शिवपुरी उच्च माध्यमिक विद्यालय र बुटवल वडा न.११ मा रहेको श्री मायादेवी जनजागृति आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको हाे ।
यस कार्यक्रम अन्तर्गत २७० जना बिधार्थीहरुलाई १ हजार ३५० थान कापी र २७० थान पेन वितरण भएको यस संस्थाका का.मु. प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् ।
फाइनान्सले श्रावण २५ गते नारायणगढ भ.म.न.पा.वडा न.१ मा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालय र पोखरा वडा न. २१ मा रहेको बयाली आधारभूत विद्यालयमा पनि शैक्षिक सामाग्री वितरण कार्यक्रम आयोजना गरेको थियो । फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यहरु गर्दै आएको छ ।
फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।
प्रतिक्रिया