एनएमबी फिफ्टी र एनएमबी हाइब्रिड फण्ड एल–१ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनएमबी फिफ्टी र एनएमबी हाइब्रिड फण्ड एल–१ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित २ सामुहिक लगानी कोष योजनाले बितरण गर्ने लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । एनएमबि फिफ्टी र एनएमबि हाईब्रिड फण्ड एल-१ ले बितरण गर्ने लाभांश सुरक्षित गर्ने आज साउन ३० गते अन्तिम दिन हो ।

क्यापिटलले दुवै योजनाको लाभांश वितरणको लागि साउन ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको ले आज साउन ३० गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउन सक्ने छन् । 

एनएमबि बैंकद्धारा प्रवर्द्धन गरिएको एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित एनएमबि फिफ्टीले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै एनएमबि बैंकद्धारा प्रवर्द्धन गरिएको एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित एनएमबि हाईब्रिड फण्ड एल-१ ले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।