बैंकर्स संघले गर्यो भदौ महिनामा पनि ब्याजदर नबढाउने निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
वाणिज्य बैंकहरुको संगठन नेपाल बैंकर्स संघले भदौको लागि ब्याजको दर नबढाउने निर्णय गरेको छ । संघले व्यक्तिगत मुद्दतीमा हाल कै ब्याजलाई निरन्तरता दिने र संस्थागत मुद्दती निक्षेपको ब्याज घटाउने निर्णय गरेको हो ।

बैंकहरुले विगत ५ महिनादेखि व्याजदर बढाएका छैनन् । संघले भदौ महिनाका लागि पनि ११.०३ प्रतिशत व्यक्तिगत व्याजदरलाई कायमै राख्ने सहमति गरेका हुन् तथा संस्थागत तर्फ व्याजदर ९.०३ प्रतिशत हुने छ । 

नेपाल राष्ट्र बैंकले व्याजदर बढाउन अप्रत्यक्ष रुपमा दवाव दिदै गर्दा बैंकहरुले भने भदौ महिनाका लागि व्याजदर नबढाउने सहमति गरेका छन् । बैंकर्स संघले आधिकारिक रुपमै व्याजदर नबढाउने निर्णय गरेको छ ।

राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत बिन्दुले कम हुनुपर्ने ब्यबस्था गरेको थियो । यस अघिसम्म यो अन्तर १ प्रतिशत बिन्दुले कम हुनु पर्ने ब्यबस्था थियो । राष्ट्र बैंकको निर्देशनसंगै बैंकहरुसंग साधारण निक्षेपको ब्याज बढाउने वा संस्थागत निक्षेपको ब्याज घटाउने विकल्प थियो । संघले संंस्थागत निक्षेपको ब्याजदर घटाउने भएको हो ।