नबिल बैंकको डिजिटल बैंकिङ्ग अभिमुखीकरण कार्यक्रम खोकनामा सम्पन्न

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंकले ललितपुर महानगरपालिका वडा न. २१, खोकनामा डिजिटल बैंकिङ्ग तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम स्थानीय क्षेत्रको कृषि प्रवद्र्धन, युवा तथा महिला उद्यमशिलता, डिजिटल बैंकिङ्ग तथा वित्तिय साक्षरता प्रर्वधनमा केन्द्रित रहेको थियो ।

बैंकले नबिल दिगो बैंकिङ्गको विभिन्न आयामहरु, डिजिटल बैंकिङ्ग, क्यूआर कोड र अन्य सेवा सुविधाहरुको बारेमा विशेष प्रस्तुती दिएको थियो ।

ललितपुर महानगरपालिका वडा न. २१ खोकनाका वडा सदस्यहरू, स्थानीय गुठी, आमा समूह र सहकारीका प्रतिनिधिहरू, किसान तथा उद्यमीहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा नबिल बैंकको तर्फबाट नबिल बैंक बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ, फुलचोकी क्लस्टर प्रमुख अमित के. सी., खोकना शाखा प्रबन्धक रोशन न्यौपानेको समेत उपस्थिति थियो ।

कार्यक्रममा विशेष वक्ताको रुपमा सम्बोधन गर्दै नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले युवा र महिलाहरुको उद्यमशिलता विकास र रोजगारी सिर्जनामा सहयोग गरि दिगो समाजको निर्माण गर्न नबिल बैंक सधै तत्पर रहेको बताए ।

त्यस्तै ललितपुर महानगरपालिका वडा न. २१, खोकनाका वडा अध्यक्ष रबिन्द्र महर्जनले यस कार्यक्रमको लागि धन्यवाद ज्ञापन गर्दै खोकना वरपर उद्यमशीलता विकास गर्न नबिल बैंकसँग हातेमालो गर्ने बताए ।

कार्यक्रममा नबिल बैंक प्रादेशिक प्रमुख रोशन कोइरालाले उद्यमशीलता विकास र वित्तीय पहुँच प्रबर्धनमा नबिल बैंक स्थानीय निकायसँग सहकार्य गर्न सधै तत्पर रहेको बताए ।