मर्जरको प्रस्ताव सहित कुमारी क्यापिटलले बोलायो चौथो बार्षिक साधारण सभा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी क्यापिटलले भदौ २० गते आफ्नो चौथो बार्षिक साधारण सभा गर्ने भएको छ । क्यापिटलको साउन २५ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा कुमारी बैंकको कार्यलय टंगालमा दिनको ३ बजे हुनेछ ।

सभाले आर्थिक वर्ष २०७८/७९  को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान, हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्नेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुन आउने लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ, आथिृक वर्ष २०७९/८० को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

यस कम्पनी अन्य कुनै कपनी एक आपसमा गाभ्ने गाभिने, मर्जर तथा प्राप्ती गर्न संचालक समितिबाट गठित मर्जर समिति तथा सो ले गरेको कार्य अनुमोदन हुन तथा नयाँ मर्ज समिति गठन गर्नका लागि संचालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने जनाएको छ ।