मिर्मिरे लघुवित्तले कर्मचारीहरुलाई दियो कर्जा गुणस्तर नियन्त्रणबारे तालिम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले कर्जा गुणस्तर नियन्त्रण तथा प्रभावकारी कार्य संचालन बारे तालिम दिएको छ । लघुवित्तले दुई चरणमा मधेश प्रदेश प्रादेशिक कार्यालय मातहतका शाखा प्रमुख तथा फिल्ड कर्मचारीहरुलाई तालिम दिएको हो ।

लघुवित्त क्षेत्रमा हुन सक्ने कर्जा जोखिमसँगै कार्यसंचालनमा प्रभावकारिताको व्यवस्थापन गर्न कर्मचारीहरुलाई समय समयमा थप ज्ञान शिपको विकास प्रवर्द्धन गर्नु आवश्यक भएकाले वित्तीय संस्थाले कर्मचारी लक्षित तालिम कार्यक्रम आयोजना गरिएको सहायक कार्यकारी प्रमुख बिर्ख बहादुर बोहराले बताए ।

कार्यक्रममा लघुवित्तको मधेश प्रदेशका २५ वटा शाखाका अतिरिक्त बागमती प्रदेशका सिन्धुलीस्थित शाखाका कर्मचारीहरु एवंम सहजकर्ता समेत गरि लगभग १०० जनाको संख्यामा कर्मचारीहरु उपस्थित थिए ।

मिर्मिरे लघुवित्त वित्तीय संस्थामा करिब ७५० कर्मचारी कार्यरत छन् भने १४८ शाखा संजाल मार्फत वित्तीय संस्थाले करिब एक लाख ३५ हजार सेवाग्राहीलाई प्रत्यक्ष सेवा प्रदान गरिरहेको छ । वित्तीय संस्थाले यस अघि स्वेडा लघुवित्त र नागबेली लघुवित्तलाई प्राप्ति गरिसकेको छ भने हाल बुद्द ज्योति लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रियामा रहेको जनाएको छ ।