बैंकिङ्ग समाचार, काठमाडौं ।
माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई एनसीएचएलद्धारा प्रर्वद्धित नेपाल पे क्युआर कोड हस्तान्तरण गरेको छ । नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने तथा ग्राहक एव्म व्यापारीलाई सहज डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ बैंकले भाटभटेनी सुपरमार्केटलाई नेपाल पे क्युआर कोड हस्तान्तरण गरेको हो ।
माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उक्त नेपाल पे क्युआर सेवा भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरका अध्यक्ष मीन बहादुर गुरुङ्गलाई एक औपचारिक कार्यक्रममा हस्तान्तरण गरेका हुन् ।
नेपाल पेको क्युआर सेवा सुरु भए संगै ग्राहकहरुले आफुले उपभोग गरेको बस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट माछापुच्छैे. बैंकको एम स्मार्ट एप मार्फत भुक्तानी गर्न सक्नेछन् ।
माछापुच्छे बैंकले सातै प्रदेशमा आफ्ना १६३ बटा शाखाहरु र १५७ शाखारहित बैकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२६ स्थानबाट बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० बटा एटीएमहरु संचालनमा रहेको छन् ।



About Us
प्रतिक्रिया