बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक लिमिटेड र सल्यानको जिल्लाको कपुरकोट नगरपालिका–३, मा रहेको होटल शिरीषबीच सम्झौता भएको छ । सम्झौता अनुसार कुमारी बैंकका ग्राहकलाई होटल शिरीषबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गरिने छ ।
डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत होटेल शिरीषका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको जनाएको छ ।
बैंकका डेबिटरक्रेडिट कार्डवाहकहरुले उक्त होटलको सुविधा शुल्कमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४८ शाखारहित बैंकिङ्ग इकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।



About Us
प्रतिक्रिया