बैंकिङ्ग समाचार, काठमाडौं ।
रिचेत जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १ लाख १२ हजार २२३ दशमलव ५७ कित्ता साधारण शेयर जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीले साधारण शेयर निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा बुधबार कम्पनीका अध्यक्ष अर्जुन प्रसाद पौडेल र कम्पनी सचिव शिशिर खनाल तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका नायव महापबन्धक सचिन्द्र ढुंगाना र मर्चेन्ट बैंकिङ्ग प्रमुख रोश्ना मानन्धरले हस्ताक्षर गरेका छन् ।
कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं. २०७० सालमा मा स्थापना भएको रिचेत जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यालय ललितपुर– १५, महालक्ष्मीस्थानमा अवस्थित छ ।
प्रतिक्रिया