प्रभु बैंकका ग्राहकले लोकहित डेन्टल हस्पिटलमा आकर्षक छुट पाउने

प्रभु बैंकका ग्राहकले लोकहित डेन्टल हस्पिटलमा आकर्षक छुट पाउने

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु बैंक र लोकहित डेन्टल हस्पिटलकाबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेषराज धमला र त्रिशुली लोकहित डेन्टल हस्पिटलकाे तर्फबाट अध्यक्ष डा. गणेश शाहले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रभु बैंक र प्रालिबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले लोकहित डेन्टल हस्पिटलद्धारा सञ्चालित सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । यद्यपि बिल रकम ५०० भन्दा कम भएमा छुट प्रदान नहुने बैंकले जनाएकाे छ ।

सम्झौता अन्तर्गत लोकहित डेन्टल हस्पिटलमा उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।