बैंकिङ्ग समाचार, काठमाडौं ।
साउन २५ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नागरिक लगानी कोषको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले साउन २५ गते बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
यस दिन कम्पनीको ३० प्रतिशत बोनस शेयर समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको शेयरमूल्य २ हजार २१४ रुपैयाँ ६२ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता २ हजार ८७९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ १.५७८९ प्रतिशत अर्थात ५ करोड १६ लाख ३१ हजार ५७८ रुपैयाँ ९५ पैसा नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोही लाभांश पारित गनै कम्पनीले भदौ ६ गते साधारण सभा डाकेको छ ।
प्रतिक्रिया