सफल मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेन्ज कति ?

सफल मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेन्ज कति ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच सफल मर्जर पछि बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर दोस्रो बजारमा सूचिकृत भएको छ । साविकका बीमा कम्पनीहरु हिमालयन र एभरेष्ट इन्स्योरेन्स कम्पनीले १ बराबर ०.८५ को अनुपातमा मर्जर गरेका थिए ।

दुबैको मर्जर सफल भएर गत साउन १ गतेदेखि एकिकृत कारोबार पनि सुरु भइसकेको छ । मर्जर पछि बनेको हिमालन एभरेष्टको नाममा २ करोड २३ लाख ९९ हजार ३६७ कित्ता शेयर दोस्रो बजारमा सूचिकृत भएको हो । शेयर धितोपत्र सूचिकरण विनियमावली २०७५ बमोजिम नेपाल स्टक एक्सचेन्जमा कारोबार हुन सक्ने गरी हिजो सूचिकरण भएको नेप्सेले जनाएको छ ।

नेप्सेले मर्जर पश्चात पहिलो कारोबारको लागि ५१० रुपैयाँ ४८ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । त्यस अनुसार कम्पनीको शेयर कारोबार खुल्नेछ । कम्पनीको शेयरलाई नेप्सेले एचइआई (HEI) कारोबार संकेत प्रदान गरेको छ ।