श्रृजनशील लघुवित्तले आईपीओ निष्कासन गर्न बोर्डबाट पायो अनुमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।

कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका लागि साउन १८ गते बोर्डबाट अनुमति पाएको हो । 

कम्पनीको विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । यस लघुवित्त कम्पनीको प्रधान कार्यालय सिरहा गोलबजार न.पा. ७ चोहर्वामा रहेको छ ।