बैंकिङ्ग समाचार, काठमाडौं ।
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आजदेखि सार्वजनिक निष्कासनमा आएको छ । कम्पनीले कम्पनीले जारी पूँजी रू. १० करोड ३१ लाखको ३२ दशमलव १० प्रतिशत आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।
जस अनुसार कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यको रू. ३ करोड ३१ लाख बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ वितरण गर्नेछ । सर्वसाधारणमा वितरण हुने कुल कित्ता आईपीओमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । यी बाहेक बाँकी ३ लाख ८ हजार २९५ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो ।
यो आइपीओ छिटोमा साउन २९ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ ७ गतेसम्म विक्री अवधि लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।
आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले यस आईपीओमा विक्री प्रबन्धकसँगै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्, साथै मेरोशेयर वेबसाइट तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा औषत जोखिम रहेको संकेत केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीमा संस्थापकतर्फबाट चुक्ताभएको पूँजी रू. ७ करोड रहेको छ । सर्वसाधारणमा आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्तपूँजी रू. १० करोड ३१ लाख पुग्नेछ ।
प्रतिक्रिया