नागरिक लगानी कोषको ३०% बोनस लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नागरिक लगानी कोषको ३०% बोनस लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज साउन २४ गते, मंगलबार अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात साउन २५ गते बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ १.५७८९ प्रतिशत अर्थात ५ करोड १६ लाख ३१ हजार ५७८ रुपैयाँ ९५ पैसा नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोही लाभांश पारित गर्न कम्पनीले भदौ ६ गते साधारण सभा डाकेको छ ।