आइएमई जनरल इन्स्योरेन्सको सिईओमा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २०७९ आषाढ ७ गते बसेको संचालक समितिको १२०औं बैठकको निर्णय बमोजिम इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा युगेशभक्त बादे श्रेष्ठ मिति २०७९/४/२३ गते देखि लागु हुने गरी दोश्रो कार्यकालको लागि पुनः नियुक्त भएका छन् ।

श्रेष्ठ २७ बर्ष देखि निर्जीवन बीमा क्षेत्रमा निरन्तर कार्यरत छन् । बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्तर लागेका श्रेष्ठको नेतृत्वमा करिब ७ बर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगती हासिल गर्न सफल भएको छ । 

सोही अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ दोश्रो कार्यकालको लागि पुनः नियुक्त हुन सफल भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

प्रमुख कार्यकारी अधिकृतको सपथ लिँदै श्रेष्ठले आफनो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ठ कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्दै सोही अवसरमा आफूलाई सदैव सहयोग गर्ने नियमन निकायहरु, बीमा समिति, कम्पनीको संचालक समितिका अध्यक्ष लगायत संचालकहरु, शेयरधनी, कम्पनीमा कार्यरत समस्त सहकर्मी साथीहरुलाई धन्यवाद दिँदै कम्पनीका ग्राहकहरुलाई स-धन्यवाद व्यक्त गरेका छन् ।