वाणिज्य बैंकहरुको निक्षेप निरन्तर घट्नेक्रम जारी, सीडी रेसियोको अवस्था कस्तो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
पछिल्लो समय वाणिज्य बैंकहरुमा निक्षेप घट्ने क्रम जारी रहेको छ । असार मसान्तदेखि यता बैंकहरुको निक्षेप ९५ अर्ब रुपैयाँले घटीसकेको छ । नयाँ आर्थिक वर्षमा निक्षेप वृद्धि हुन्छ भन्ने आम अपेक्षा विपरित घट्ने क्रमले तीन सातासम्म निरन्तरता पाएको हो । 

नेपाल बैंकर्स संघका अनुसार साउनको तेश्रो साता (साउन २० गतेसम्म) मा बैंकहरुको निक्षेप ४४ खर्ब ४६ अर्ब रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो साताको तुलनामा ४ अर्ब रुपैयाँले घटी हो । अघिल्लो साता २८ अर्ब रुपैयाँले घटेको निक्षेप यो साता ४ अर्ब रुपैयाँले घटेको छ । गत असार मसान्तमा भने बैंकहरुमा यस्तो रकम ४५ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको थियो ।

त्यस्तै, यस अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह भने बढेको छ । अघिल्लो साता ४१ खर्ब ६४ अर्ब रुपैयाँ रहेको बैंकको कर्जा लगानी २ अर्बले बढेर ४१ खर्ब ६६ अर्ब रुपैयाँ नाघेको छ । जुन असार मसान्तमा भने ४१ खर्ब ७५ अर्ब रुपैयाँ थियो ।

त्यस्तै, कर्जा लगानी बढेको बैंकहरुको औषत सीडी रेसियो भने घटेको छ । अघिल्लो साता ८७.९८ प्रतिशत रहेको बैंकहरुको औषत सीडी रेसियो यो साता थोरैले घटेर ८७.६९ प्रतिशतमा झरेको छ ।