बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले घटेको छ । आज नेप्से १७.६७ अंकले घटेर २ हजार १ सय ६ दशमलब १६ विन्दुमा बन्द भएको छ । आइतबार नेप्से १०.२७ अंकले बढेर २ हजार १ सय २३ दशमलब ८२ विन्दुमा बन्द भएको थियाे ।
त्यस्तै, आज शेयरबजार घटेपनि कारोबार रकम भने बढेको छ । आज नेप्सेमा २ अर्ब ८५ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा २ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये ५० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज गुराँस लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावर कम्पनीको शेयरमूल्य उच्च भएको हो ।
आज गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ११०० रुपैयाँ पुगेको छ भने हिमालयन हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २५०.८० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज जानकी फाइनान्स कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । आज नेप्सेमा उत्पादन र म्युचल फण्ड बाहेकका सबै उप-सुचक घटेका छन् । उत्पादन र म्युचल फण्ड आज क्रमशः ०.१ र ०.२७ प्रतिशतले वृद्धि भएका छन् ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज २० करोड ७१ लाख भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया