आइएमई लाइफद्धारा ७ सय ४८ जनालाई बीमा अभिकर्तालाई तालिम प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमई लाइफ इन्स्योरेन्सले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा मुलुकभर एकै दिन ७ सय ४८ जना नयाँ अभिकर्तालाई बिमा अभिकर्ता तालिम प्रदान गरेको छ ।

कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले एकैदिन ५ सय जना अभिकर्तालाई बिमा तालिम दिने लक्ष्य राखिएकोमा गत शनिवार ७ सय ४८ जनालाई तालिम प्रदान गर्न सफल भएको जानकारी दिए । इन्स्योरेन्सका काठमाडौं उपत्यका भित्रका बानेश्वर, महाराजगञ्ज र गोंगबु, गट्ठाघरलगायतका शाखा काकार्यालयमा अभिकर्तालाई तालिम दिइएको थियो ।

त्यस्तै उपत्यका बाहिर बिर्तामोड, बिराटनगर, इटहरी, धरान, मिर्चैया, वीरगञ्ज, लहान, नुवाकोट, पोखरा, गुल्मी, दमौली, लेखनाथ, सोतीपसल, बुटवल, परासी, मुर्गीया, खजुरा, राप्ती सोनारी, भैरहवा, नेपालगन्ज,, बाँसगढी, गुलरिया, लम्की, भुरीगाँउ, टीकापुर, अत्तरिया, लम्की, झलारी, पुर्नबास, महेन्द्रनगरलगायतका स्थानमा तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बिमा व्यवसायका लागि समयसापेक्ष दक्ष जनशक्ति तयार पार्ने क्रममा कम्पनीले बिमा अभिकर्ता आधारभूत तालिम प्रदान गरेको बताए ।

पाँचौ वर्ष वर्ष पुरा गरेको अवसरमा कम्पनीले शुक्रवार सातवटै प्रदेशमा वृहत रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा ५ सय ७१ जनाले रक्तदान गरेका थिए ।